Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले रोजगार पोर्टल सञ्चालन गर्ने, सबै प्रदेशमा रोजगार मेला आयोजना हुने

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : ०६ मा प्रकाशित

सरकारले रोजगार पोर्टल सञ्चालन गर्ने, सबै प्रदेशमा रोजगार मेला आयोजना हुने

सरकारले रोजगारी खोज्ने र कामदार आवश्यक पर्ने पक्षबीच सहज समन्वय गराउने उद्देश्यसहित डिजिटल रोजगार पोर्टल सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षभित्र यो पोर्टल सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्। उनले सबै प्रदेशमा रोजगार मेला आयोजना गरिने समेत घोषणा गरे, जसबाट श्रम बजारमा माग र आपूर्तिबीचको अन्तर घटाउने लक्ष्य लिइएको छ।

त्यसैगरी, थप मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता गरिने र वैदेशिक रोजगारीमा गएका महिलाको कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिइने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको