अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै देशको अर्थतन्त्रमा रहेको चुनौतीहरूको सूची सार्वजनिक गरेका छन्। अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई थुप्रै चुनौतीहरूले घेरिएको बताउदै चुनौतीहरूको सूची यसप्रकार प्रस्तुत गरे:
– समयमै कानुनी व्यवस्था गर्न नसक्नु र अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचीमा परेको छ।
– परम्परागत खेती प्रणालीमा सुधार नहुँदा कृषि क्षेत्रको उत्पादकत्व कम छ र युवाहरूमा खेतीप्रति आकर्षण घटेको छ।
– नवप्रवर्तन र प्रविधिको कम प्रयोग, न्यून उत्पादकत्व तथा उच्च उत्पादन लागतका कारण कुल राष्ट्रिय आयमा उत्पादन क्षेत्रको योगदान अपेक्षाअनुसार हुन सकेको छैन।
– समग्र मागमा कमीका कारण उद्योग क्षेत्र पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेको छैन।
– भौतिक पूर्वाधारमा लगानी भए पनि आर्थिक क्रियाकलापमा आवश्यक प्रभाव नपरेकोले उत्पादन वृद्धिमा अपेक्षित योगदान दिन सकेको छैन।
– जलवायु परिवर्तनले कृषि, खानेपानी, सिंचाइ लगायतका क्षेत्रमा नकारात्मक प्रभाव बढाएको छ।
– डिजिटल पूर्वाधार कमजोर भएकाले डिजिटल अर्थतन्त्रको विकास गति सुस्त छ।
– श्रम बजार र उपलब्ध जनशक्तिको सीपबीच तालमेल कायम हुन सकेको छैन।
– औद्योगिक र निर्माण क्षेत्रमा आवश्यक जनशक्ति विदेशबाट आयात भइरहेको छ।
– देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा दक्ष र अर्धदक्ष जनशक्तिको विदेश पलायन चिन्ताजनक अवस्थामा छ।
– गरिबी रेखामुनिको जनसंख्याको अनुपात अझै उच्च रहेको छ।
– कुल स्थिर पूँजी निर्माणमा निजी क्षेत्रको योगदान अपेक्षाकृत कम छ।
– लगानी जोखिम व्यवस्थापनका लागि विकसित भएका नयाँ वित्तीय उपकरणहरू प्रभावकारी रूपमा प्रयोग गर्न सकिएको छैन।
– मुलुकको पहिलो क्रेडिट रेटिङबाट अनुकूल नतिजा आए पनि त्यसको पूर्ण लाभ उठाउन बाँकी छ।
– नीतिगत र कानुनी सुधार भए पनि अपेक्षित मात्रामा विदेशी पूँजी र प्रविधि आकर्षित हुन सकेको छैन।
– निर्यात विस्तार र विविधीकरण नहुँदा व्यापार घाटा उच्च रहँदै आएको छ।
छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस