Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : ३० मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका छन्।

उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण गर्नसक्ने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गरिने बताए। यसका लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिइने पनि उनले जिकिर गरे।

अर्थमन्त्री पौडेलले यसबाट नमूना परीक्षणका लागि विदेशमा पठाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे।

साथै, उनले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, एक्यूपञ्चरजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गर्ने र सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको जानकारी पनि दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको