Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्षभित्र चामलमा आत्मनिर्भर, २२ जिल्लामा चैते धानखेती

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : ३३ मा प्रकाशित

दुई वर्षभित्र चामलमा आत्मनिर्भर, २२ जिल्लामा चैते धानखेती

सरकारले आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य तय गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारको उक्त लक्ष्य सार्वजनिक गरे। उनले भने, ‘दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धानखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।’

सरकारले यसबाट थप १२ लाख मेट्रिकटन धान उत्पादन हुने अपेक्षा राखेको छ। साथै, चैते धानखेतीका लागि सिँचाइ पूर्वाधार निर्माणमा ३३ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको