सरकारले मोफसलका चार क्रिकेट रंगशालाका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरेको छ।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूलपानी, गिरिजाप्रसाद कोइराला, फाप्ला र सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि यो रकम छुट्याइएको जानकारी दिए।
अर्थमन्त्री पौडेलले भने, 'काठमाडौंको मूलपानी, मोरङको गिरिजाप्रसाद कोइराला, कैलालीको फाप्ला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि ४२ करोड विनियोजन गरिएको छ।'
यसैगरी, आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस