आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयलाई एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। बिहीबार सार्वजनिक गरिएको बजेट विवरणअनुसार सबैभन्दा ठूलो हिस्सा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ।
शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ, जुन शिक्षक तथा कर्मचारीको तलब, विद्यार्थीका लागि दिवा खाजा, र विभिन्न शैक्षिक संस्थानहरूको खर्चका लागि प्रयोग गरिनेछ। त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट छुट्याइएको छ। यो बजेट देशभर सञ्चालनमा रहेका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयन गर्नका लागि विनियोजन गरिएको हो।
सहरी विकास मन्त्रालयका लागि आगामी वर्षको बजेटमा १ खर्ब १८ अर्ब ३४ करोड छुट्याइएको छ।
यस्तै, गृह मन्त्रालयले २ खर्ब ८ अर्ब ६२ करोड बजेट पाएको छ, जुन सुरक्षा, प्रशासन तथा मन्त्रालयका विभिन्न सञ्चालनगत गतिविधिका लागि खर्च गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस