यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले वैकल्पिक व्यवस्था स्वरूप नि:शुल्क बससेवा सञ्चालन गरेको छ।
सार्वजनिक सवारी ठप्प हुँदा सर्वसाधारण यात्रुहरू समस्यामा परेपछि प्रहरीले सहयोगस्वरूप बस सञ्चालनमा ल्याएको हो। नेपाल प्रहरीका अनुसार अप्ठ्यारोमा परेका यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि रुटमा नि: बस सेवा सञ्चालनमा ल्याइएको छ।
आज गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। जसले गर्दा आम यात्रुहरू थप मर्कामा परेका छन्।
_20250602113229.jpg)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस