Like us!
Follow us!
Connect us!
Watch us!

सर्बसाधारणका लागि नेपाल प्रहरीले सञ्चालन गर्याे नि:शुल्क बस सेवा, यस्तो छ रुट

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, ११ : ३१ मा प्रकाशित

सर्बसाधारणका लागि नेपाल प्रहरीले  सञ्चालन गर्याे नि:शुल्क बस सेवा, यस्तो छ रुट

यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले वैकल्पिक व्यवस्था स्वरूप नि:शुल्क बससेवा सञ्चालन गरेको छ।

सार्वजनिक सवारी ठप्प हुँदा सर्वसाधारण यात्रुहरू समस्यामा परेपछि प्रहरीले सहयोगस्वरूप बस सञ्चालनमा ल्याएको हो। नेपाल प्रहरीका अनुसार अप्ठ्यारोमा परेका यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि रुटमा नि: बस सेवा सञ्चालनमा ल्याइएको छ।

आज गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। जसले गर्दा आम यात्रुहरू थप मर्कामा परेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको