Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओका लागि तयार दरमखोला हाईड्रो, सेबोनबाट अनुमति हातमा

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ०६ : ५४ मा प्रकाशित

आईपीओका लागि तयार दरमखोला हाईड्रो, सेबोनबाट अनुमति हातमा

बागलुङको गलकोटमा जलविद्युत आयोजना निर्माण गरिरहेको दरमखोला हाईड्रो इनर्जी लिमिटेड अब पूँजी बजारमा प्रवेश गर्न तयारी अवस्थामा पुगेको छ। कम्पनीले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ।

बोर्डको जेठ २० गतेको निर्णयअनुसार, दरमखोलाले कुल चुक्ता पुँजीको ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न पाउने भएको हो। सेयरको मूल्य परिकित्ता १ सय रुपैयाँ तोकिएको छ।

आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ।

कम्पनीले हाल बागलुङको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीको दाबी छ, र असारभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।

दरमखोलाले आईपीओ निष्काशनका लागि २०८० साल भदौ ५ गते सेबोनमा आवेदन दिएको थियो। झण्डै ९ महिनापछि अनुमति पाएसँगै अब कम्पनीको सेयर सर्वसाधारणका लागि आउने बाटो खुलेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको