Like us!
Follow us!
Connect us!
Watch us!
debrajghimire

सदनको अवरोध हटाउन सभामुखको प्रयास जारी , दलहरूबीच सहमति नजुट्दा बैठक अन्योल

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, १४ : ०२ मा प्रकाशित

सदनको अवरोध हटाउन सभामुखको प्रयास जारी , दलहरूबीच सहमति नजुट्दा बैठक अन्योल

संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरू गरेका छन्।

गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि सभामुखले समसामयिक समाधान खोज्न संवाद थालेका हुन्।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दलहरूबीच सहमति नजुटेकै कारण सुरु हुन सकेको छैन।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामामा केही लचिलो देखिए पनि अब उच्चस्तरीय छानबिन आयोग वा समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। तर, सत्तापक्षले गृहमन्त्रीलाई संसदमा बोल्न नदिई कुनै पनि छलफल अघि बढ्न नसक्ने अडान लिएको छ।

यदि दलहरूबीच सहमति जुट्यो भने आजै गृहमन्त्री लेखकले संसदमा जवाफ दिने सम्भावना छ। यसअघि हिजो पनि दलहरूबीच सहमति नजुटेपछि बैठक बस्नै नसकी स्थगन गरिएको थियो र बैठक आजका लागि सारिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको