Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिको दोस्रो त्रैमास - नाफा ५७ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १० : ५९ मा प्रकाशित

नेपाल रिको दोस्रो त्रैमास - नाफा ५७ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा वृद्धि भएको छ।

नाफामा ५७.७१ प्रतिशतको वृद्धि

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ५७.७१ प्रतिशतले वृद्धि भएको छ।

खुद नाफा र प्रतिसेयर आम्दानी (EPS) मा सुधार

गत वर्षको पुस मसान्तसम्म कम्पनीले ३३ करोड ७७ लाख रूपैयाँ नाफा कमाएकोमा चालू आवमा यो बढेर ५३ करोड २६ लाख रूपैयाँ पुगेको छ।
यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि १.३३ रूपैयाँले बढेर ३.९७ रूपैयाँमा पुगेको छ।

बीमाशुल्क आम्दानी ३१.७८ प्रतिशतले बढ्यो 

कम्पनीले अघिल्लो वर्षको पुस मसान्तसम्म ३ अर्ब ३ करोड रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो भने चालु वर्षको सोही अवधिमा यो ३१.७८ प्रतिशतले बढेर ४ अर्ब रूपैयाँ नाघेको छ।

कुल आम्दानी र खर्चमा उल्लेखनीय वृद्धी

चालु वर्षमा कम्पनीको कुल आम्दानी २४.१८ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९६ करोड रूपैयाँबाट बढेर ४ अर्ब ९२ करोड रूपैयाँ पुगेको छ।
त्यस्तै, कुल खर्च पनि १९.५५ प्रतिशतले वृद्धि भई ३ अर्ब ४८ करोड रूपैयाँबाट बढेर ४ अर्ब १६ करोड रूपैयाँ पुगेको छ।

पुँजी र जगेडा कोष

कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रूपैयाँ रहेको छ। स्पेशल रिजर्भमा ४ अर्ब ६७ करोड रूपैयाँ, महाविपत्ति कोषमा ३५ करोड रूपैयाँ, र जगेडा कोषमा ७६ करोड ४२ लाख रूपैयाँ सञ्चित छ।

प्रतिसेयर नेटवर्थ

नेपाल रिको प्रतिसेयर नेटवर्थ १४८.९६ रूपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको