नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौंमा सम्पन्न साधारण सभाले एक जना संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।
सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको २०७६ आसाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तआ.व. २०७५/०७६ को नाफा नोक्सानहिसाब, सोहि अवधिको नगदप्रवाहविवरण र सोहीअवधिको वित्तीयविवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।
उक्त साधारण सभाले आ.व. २०७६/०७७मा लेखा परिक्षण कार्य गर्नका लागि साविककाश्यामकार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकोले पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिकतोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागतलगानीकर्ताबाट डा. डिल्लिराजअर्याल तथानियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाब प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदानगर्ने प्रस्ताव समेत पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस