Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीले १० महिनामा विदेश भ्रमणमै ७३ अर्ब खर्च गरे, सेवा खाता ८६ अर्बले घाटामा

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १२ : ५६ मा प्रकाशित

नेपालीले १० महिनामा विदेश भ्रमणमै ७३ अर्ब खर्च गरे, सेवा खाता ८६ अर्बले घाटामा

नेपालमा विदेशबाट घुम्न आउने पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र पर्यटक नेपालको विकासको मेरुदण्ड बन्न सक्ने विषयमा निकै चर्चा हुने गरेको छ । नेपालीहरुले विदेशबाट घुम्न आएका विदेशीहरुबाट प्राप्त हुने रकमले देशको विकास हुने बताइ रहँदा तथ्यांकले भने अवस्था फरक देखाएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको आर्थिक तथा वित्तीय अवस्थामा नेपालमा आउने विदेशी पर्यटकले नेपालमा गर्न खर्चकै हाराहारीमा विदेश घुम्न जाने नेपालीले गरेको खर्च रहेको छ । चालु आर्थिक वर्षको वैशाख महिसान्तसम्मको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट नेपालले ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा नेपालबाट विदेश घुम्न जाने नेपालीले ७३ अर्ब रुपैयाँ खर्च गरेका छन् ।  

समीक्षा अवधिमा नेनपालको खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६९ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १७.९ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.११२ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १०४ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको