Like us!
Follow us!
Connect us!
Watch us!

फर्निचर मेलामा अबलोकनकर्ताको आकर्षण (फोटो फिचर)

आइतबार, १९ मंसिर २०७३, १० : ५९ मा प्रकाशित

फर्निचर मेलामा अबलोकनकर्ताको आकर्षण (फोटो फिचर)

अर्थ संसार

काठमाडौं–राजधानीको भृकुटीमण्डपमा जारी फर्निचर एन्ड फर्निसिङ मेलामा सर्बसाधारणको भिड लागेको छ । मेलामा साना र ठूला गरी ६७ वटा स्टल राखिएका छन् । आयोजकहरूले मेलामा एक लाखभन्दा बढी सर्बसाधारणले अवलोकन गर्ने अपेक्षा गरेको छ  । चौथो ‘फर्नेक्स नेपाल २०१६’ मेला नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा भएको हो । 

मेलामा ३७ ओटामा स्वदेशमा उत्पादित सामग्री राखिएका छन् । अरु  ३० ओटामा विदेशबाट आयातित वस्तु छन् । मेलामा विभिन्न फर्निसिङका सामग्री, अफिस तथा घरायसी फर्निचर, वास्तु परामर्श, होम एप्लायन्स तथा घर सजाउने अन्य सामग्रीहरू राखिएका छन् ।

मेलामा आकर्षक रुपमा स्टलहरु सजाइएका छन् । सजावटका स्टलहरु धेरै भएकाले तिनले दर्शकको ध्यान तानेका छन् ।  

नेपाली बजारमा उपलब्ध फर्निचर तथा फर्निसिङका सामानको मूल्य, गुणस्तर, डिजाइनलगायत विषयमा जानकारी दिने व्यवस्था समेत गरिएको फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कविन्द्र जोशीले बताए । मेलाको शीर्ष प्रायोजक सान फर्निचर तथा मुख्य प्रायोजक यती फ्लोरिङ र जेम फ्लोरिङ छन् । 

मेलामा इण्टेरियर डिजाइन प्रतियोगिता पनि आयोजना गरिने भएको छ । यो प्रतियोगिता विद्याथीहरूबीच हुने छ । मेला मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ ।संघले हरेक वर्ष यस्तो मेला गर्दै आएको छ । 

5843b38d5da36.jpg 5843b38d6295d.jpg 5843b38d972ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको