Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले ७९ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २५० तोकियो

अर्थ संसार

आइतबार, ०१ असार २०८२, ०७ : २३ मा प्रकाशित

आशा लघुवित्तले ७९ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २५० तोकियो

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ७९ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर हालका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरेको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले कति कित्ता शेयर किन्न चाहन्छन् र त्यसको मूल्य खुलाएर बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

यदि तोकिएको समयभित्र पर्याप्त आवेदन नआएमा बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिने जानकारी लघुवित्तले दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको