प्रतिनिधिसभाको चौथो र पाँचौं ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बाबजुद पनि आजको संसद बैठक चलिराखेको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने तयारी गर्दै गर्दा रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए।
त्यसक्रममा सभामुखले आकस्मिक समयमा बोल्न दलका प्रमुख सचेतकलाई समय दिने भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने अनुमति दिएपछि रास्वपाले त्यसप्रति आपत्ति जनाएको हो। श्याम घिमिरे बोल्न थाल्नासाथ रास्वपाका सांसदहरू रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरे। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस