Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब ऋण उठाउँदै सरकार

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १६ : ४५ मा प्रकाशित

आगामी आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब ऋण उठाउँदै सरकार

नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि राष्ट्र ऋण उठाउने सम्बन्धी नयाँ ऐन पारित गरेको छ। संघीय संसदबाट पारित उक्त विधेयक साउन १ गतेदेखि लागू हुनेछ, जसको जानकारी अर्थ मन्त्रालयले दिएको छ।

नयाँ ऐनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म अधिविकर्ष र अन्य बाँकी भुक्तानी समावेश गरेर अधिकतम ३ खर्ब ६२ अर्ब रुपैयाँसम्म राष्ट्र ऋण उठाउन सकिनेछ। यद्यपि, यो सीमा प्रचलित कानुनअनुसार सरकारले लिन सक्ने अधिविकर्ष रकमबाहेकको हो।

त्यस्तै, ऐनले नेपाल राष्ट्र बैंकलाई आर्थिक वर्ष २०८२/८३ सम्मको बाँकी अधिविकर्षलाई ट्रेजरी बिलमा रूपान्तरण गर्न स्वीकृति दिन सक्ने अधिकार सरकारलाई प्रदान गरेको छ। यो व्यवस्थाले सरकारी वित्तीय प्रशासनमा पारदर्शिता र प्रभावकारिता थप बढाउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको