Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको होटेल हिमालय सेरेन भ्युमा र प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १७ : २६ मा प्रकाशित

पोखराको होटेल हिमालय सेरेन भ्युमा र प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्युमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकले छुट पाउने भएका छन् । बैंक र होटलबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका ग्राहक र कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन । सो छुट सेवा सुविधा  होटेल हिमालय सेरेन भ्युमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता–पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको