पछिल्लो समय सेयर बजारले सोचेजस्तो गति लिन सकेको छैन ।
बजारका लागि आवश्यक पर्ने सूचकहरु सकारात्मक हुँदा पनि बजारले सोचेजस्तो गति लिन सकिरहेको छैन ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम समेत १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । त्यस्तै सेयर बजारमैत्री गभर्नर आएको टिप्पणि हुने गरेको छ । तर, बजारले जुन गति लिनु पर्ने थियो त्यसो हुन नसक्नुको कारण आर्थिक शिथिलता नै रहेको अर्थविद् तथा सेयर लगानीकर्ताहरुले बताउँने गरेको छ । सेयर बजारको मुटु भनेको नै अर्थतन्त्र भएकाले अर्थतन्त्रमा सुस्तता कारणले नै बजार बढ्न नसकेको अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । ‘बाहिर देख्दा राम्रो देखिए पनि बजारको मुटु कलेजाका रुपमा रहेको अर्थतन्त्र नै शिथिल हुँदा बजारले गति लिन नसकेको हो,’ उनले भने ।
बजार बढ्नका लागि सबै सूचक सकारात्मक हुनु पर्ने उनको भनाइ छ । यदि त्यसो हुन सकेन भने बजारले सोचेजस्तो गति लिन नसक्ने उनले बताए । अहिले बजारमा सेयर किन्न मानिसहरु नै कम रहेको अवस्था छ । जसले गर्दा पनि बजार सुस्त देखिएको अधिकारी बताउँछन् ।
त्यस्तै नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले पनि सेयर बजार अहिलेको अर्थतन्त्रकै कारणले बढ्न नसकेको बताउँछ । सेयर बजार अर्थतन्त्रको ऐनका रुपमा रहने र अर्थतन्त्र कमजोर हुँदा बजार बढ्न नसक्ने उनको भनाइ छ । ‘सेयर बजार अर्थतन्त्रको ऐन हो । अर्थतन्त्र कमजोर भएको समयमा सेयर बजार बढ्न सक्दैन,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस