Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको आर्कषक १६.९१ प्रतिशतको वृद्धि, अरु सूचकमा पनि प्रगति

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, ०९ : २९ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको आर्कषक १६.९१ प्रतिशतको वृद्धि, अरु सूचकमा पनि प्रगति

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीका सूचकहरुमा सुधार देखिएका छन्। 

खुद नाफा

कम्पनी यस आर्थिक वर्षको पहिलो छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले एकै वर्षमा १६.९१ प्रतिशतले वृद्धि गरेको देखिन्छ। 

कुल बीमा शुल्क आर्जन

कम्पनीले यस आर्थिक वर्षको पहिलो छ महिना मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन ११.४६ प्रतिशतले वृद्धि भएको हो ।

खुद बीमाशुल्क
इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यहि अवधि सम्म कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। जुन ११.४६ प्रतिशतले धेरै हो। 

जीवन बीमा कोष
कम्पनीले जीवन बीमा कोषको आकार बढाएको छ।अहिले ७१ अर्ब ४४ करोड पुगेको छ। 

महाविपत्ती कोष
४९ करोड ६३ लाख रुपैयाँ

रिटेण्ड अर्निङ्ग
६० करोड १८ लाख रुपैयाँ

प्रति सेयर आम्दानी
१०.१८ रुपैयाँ

प्रति सेयर नेटवर्थ
१३२.२१ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको