Like us!
Follow us!
Connect us!
Watch us!

मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १० : ३६ मा प्रकाशित

मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

मिडिल मोदी हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित असार २९ गते साधारणसभा बोलाएको हो । 

उक्त सभा कक्षमा दिउँसो १ बजे १३ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईओ) गर्ने र सोबाट प्राप्त रकमको उपयोग सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र आईपीओ निष्कासनका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको