Like us!
Follow us!
Connect us!
Watch us!

किन मागियो कानुन मन्त्रीको कल डिटेल ?

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १४ : २९ मा प्रकाशित

किन मागियो कानुन मन्त्रीको कल डिटेल ?

संसदमा कानुन मन्त्री अजयकुमार चौरासियाको कल डिटेल सार्वजनिक गर्न माग गरिएको छ । बिहीबारको संसद बैठकमा स्वतन्त्र सांसद डा.अमरेश सिंहले कानुनमन्त्री चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका हुन् । 

सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन् । उनले न्याय परिषदको औचित्य समेत समाप्त भएकाले विघटन गर्नुपर्ने माग गरेका छन् । ‘न्यायपरिषदको औचित्य आवश्यकता छैन ।

न्यायपरिषद एउटा सिन्डिकेट हो । त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ किनकि यो राजनीतिक सिन्डिकेट हो,’ उनले भने, ‘दोस्रो कुरा नेता र न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्छ । म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान बिहान कसैको मुद्दा छ भने एक न्यायाधीशलाई फोन गर्नुहुन्छ ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको