Like us!
Follow us!
Connect us!
Watch us!

साढे ५ करोडको बैंकिङ कसुरमा सांसद मेटमणि चौधरीमाथि जाहेरी

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १६ : ४० मा प्रकाशित

साढे ५ करोडको बैंकिङ कसुरमा सांसद मेटमणि चौधरीमाथि जाहेरी

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको छ।

जाहेरीपछि प्रहरीले मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ। चौधरी पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभामा प्रमुख सचेतकसमेत हुन्।

उनीमाथि ५ करोड ४० लाख रुपैयाँको चेक अनादर गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको हो। चौधरी दाङ–१ क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले हुलाकमार्फत चेक अनादरसम्बन्धी जाहेरी प्राप्त भएको पुष्टि गर्दै अनुसन्धान भइरहेको र मुद्दा दर्ताको तयारी भइरहेको जानकारी दिए।

प्रहरी स्रोतका अनुसार, चौधरीविरुद्ध बैंकिङ कसुर वा ठगीमध्ये कुन धारामा मुद्दा चलाउने भन्नेबारे कानुनी परामर्श लिइँदै छ। उजुरीबारे विस्तृत छानबिनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।तर जाहेरी कसले दर्ता गराएको भन्ने विवरण हालसम्म सार्वजनिक गरिएको छैन। यस विषयमा सांसद चौधरीसँग सम्पर्क गर्न खोज्दा उनको फोनसमेत नउठेको प्रहरी स्रोतको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको