Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैकको सेयर किन्दै हुनुहुन्छ ? एक विश्लेषण

शुक्रबार, १२ माघ २०७४, ०८ : २१ मा प्रकाशित

सिद्धार्थ बैकको सेयर किन्दै हुनुहुन्छ ? एक विश्लेषण

अर्थ संसार, काठमाडौं–सन् २००२ मा स्थापित यस सिद्धार्थ बैक लिमिटेड आफ्नो व्यावसायिक यात्रामा लगातार सफलता हासिल गर्न सफल भएको छ ।

बिगतका वर्षहरुमा लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको यस बैकले गतवर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

बैकको पुस २० गतेको सञ्चालक समितिको बैठकले सो लाभांशको प्रस्ताव गरेको हो । यो लाभांशको प्रयोगका लागि भने बैकले साधारणसभाको प्रकृया पुरा गर्नुपर्नेछ ।

राष्ट्र बैकले तोके बमोजिमको रू. ८ अर्ब चुक्तापूँजी पुर्‍याउने अभियानमा गत असार १८ गते विशेष साधारणसभा मार्फत १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको बैकले उक्त हकप्रद विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेको अवस्था छ ।

यस बैकले चालू आवको दोस्रो त्रैमासमा रू. ७ अर्ब ५ करोड ६५ लाख १५ हजार चुक्तापूँजी पुर्‍याएको छ । निष्कासनको तयारीमा रहेको हकप्रद र प्रस्तावित बोनस पश्चात बैकको चुक्तापूँजी रू. ८ अर्ब ८४ करोड ८८ लाखभन्दा बढी हुनेछ । चालू आवको दोस्रो त्रैमासमा बैकले रू. ७७ करोड २८ लाख १५ हजार नाफा आर्जन गर्न सफल भएको छ ।

बर्गिकरणः वाणिज्य बैक
पछिल्लो व्यापार मूल्यः रू. ३७२
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १४४८
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३४८
१८० दिनको भारित औसत मूल्यः रू. ४०४.७३

कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः मनोज कुमार केडिया
प्रमुख कार्यकारी अधिकृतः शम्भुनाथ गौतम
शाखाः ८९ (वेवसाइटको आधारमा)
प्रधान कार्यालयः हात्तिसार, काठमाडौं
वेबसाइटः www.siddharthabank.com
स्टक टिकरः एसविएल

बैकको विगत पाँच वर्षको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैकको दोस्रो त्रैमासको महत्वपूर्ण बित्तीय परिसूचकहरु (रू. हजारमा)

बैकको दोस्रो त्रैमासको महत्वपूर्ण अनुपात

विगत पाँच वर्षको लाभांश विवरणः

आधारभूत विश्लेषण
बैकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

चालू आवको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा करीब ३५ प्रतिशतले चुक्तापूँजी वृद्धि गरेको यस बैकको चुक्तापूँजीको तुलनामा खुद नाफा १३ दशमलव ८७ प्रतिशतदेखि घटेर १० दशमलव ९५ प्रतिशतमा सिमित भएको छ ।

जगेडा कोष ६६ प्रतिशतले बढेर रू. ४ अर्ब १० करोड ४८ लाख ६१ हजार रहेको बैकको लगानी रू. १२ अर्ब १२ करोडभन्दा बढी रहेको छ ।

बैकले दोस्रो त्रैमाससम्म आइपुग्दा रू. ८५ अर्ब ५६ करोड ६० लाख निक्षेप सङ्कलन गरी रू. ७५ अर्ब ६९ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ ।

यो त्रैमासमा रू. ४ अर्ब ३७ करोड ९ लाख ब्याज आम्दानी गरेको बैकले रू. २ अर्ब ९७ करोड ४१ लाख ब्याज खर्च गरेको छ । यो त्रैमासमा गतवर्षको तुलनामा ५७ प्रतिशत बढी ब्याज आम्दानी गरेको बैकले १ सय १ प्रतिशतले बढी ब्याज खर्च गरेको छ ।

स्थिर सम्पत्ति ३१ प्रतिशतले बढेर रू. ८१ करोड ५९ लाख पुगेको छ भने अन्य सम्पत्ति ३४ प्रतिशतले बढेर रू. १ अर्ब ८३ करोड ३० लाख पुगेको छ ।

यो त्रैमासमा ९२ प्रतिशतले बढाउँदै रू. २४ करोड ५७ लाख खराब कर्जा सङ्कलन गरेको छ भने सम्भावित जोखिमलाई ध्यानमा राखी रू. ३४ करोड ९५ लाख बराबरको रकम छुट्याएको छ । निष्क्रिय कर्जा १ दशमलव ५० प्रतिशत रहेको छ ।

बैकको आधार ब्याजदर १० दशमलव ५८ प्रतिशत रहेको छ । गतवर्ष यहि समयमा यो दर ६ दशमलव ७९ प्रतिशत रहेको थियो ।

बैकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. २२ दशमलव ६४, मूल्य आम्दानी अनुपात १६ दशमलव ५६, प्रति शेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ४ सय ६६ दशमलव २१, तरलता अनुपात २१ दशमलव ५३ प्रतिशत र प्रतिशेयर नेटवर्र्थ रू. १ सय ६३ दशमलव ५१ रहेको छ । बिहीवारको मूल्य नेटवर्थको करीब ३ गुणा छ ।

प्राविधिक विश्लेषण
खरीद चापः बैकको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप १ गुणा बढी रहेको छ । सो अवधिसम्म ८ हजार ६ सय २५ कित्ता शेयर खरीद र ७ हजार ४ सय ७५ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
बिहीवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती चित्र

२९ अक्टोबर २०१७                                                                                                   २५ जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएसन

२९ अक्टोबर २०१७                                                                                                   २५ जनवरी २०१८

आरएसआई

२९ अक्टोबर २०१७                                                                                                   २५ जनवरी २०१८

मुभिङ् एभरेज

२९ अक्टोबर २०१७                                                                                                   २५ जनवरी २०१८

  • मैनबत्ती विश्लेषणः बैकको ६० दिनको कारोबारलाई हेर्दा अन्तिम दिनमा इभिनिङ् डोजी स्टार आकृति भएको मैनबत्ति बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत देखाउँछ ।
  • आरएसआईः बैकको ६० दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४९ दशमलव ८९ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
  • स्ट्याण्डर्ड डेभिएसनः बैकको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ४ दशमलव ११ विन्दुमा छ । उतारचढाव न्युन रहेको छ ।
  • मुभिङ एभरेजः बैकको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । हाल मूल्य रू. ३ सय ७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ३ सय ६० मा टेवा पाउन सक्छ भने मूल्य महँगिएमा रू. ३ सय ८२ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको