Like us!
Follow us!
Connect us!
Watch us!

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, १६ : ३९ मा प्रकाशित

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने वताएका छन् ।

नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज ) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा.श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए । कार्यक्रम शनिबारसम्म हुनेछ । उनले आर्थिक शिथितलाको असर बैकिङ क्षेत्रमा परिरहेको बताए । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने ।

उनले कर्जाको माग बढाउने गरी आगमी मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘अहिले पनि बैंकहरुका सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेकोछ । त्यो अवस्था कर्जाको माग बढाउने गरी आगमी मौद्रिक नीति ल्याउनुपर्ने छ,’ उनले बताए ।

उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको भनाइ छ । हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ । डा. श्रेष्ठले मौद्रिक नीतिले उद्यमक्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए । ‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ । यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरुले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने ।

सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको उनले बताए । सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए । यस्तै, उनले आर्थिक पत्रकारहरुको क्षमता बढ्दै गएको बताए । ‘पहिला पत्र पत्रिकामा आर्थिक बिषय बस्तुले प्राथमिकता पाउने थिएनन् । अहिले सञ्चार माध्ययममा आर्थिक समाचारहरु व्यापाक रुपमा देख्न पाइन्छ,’ उनले भने, ‘साथै, आर्थिक पत्रकारहरुको क्षमता पनि बृद्धि हुँदै गएको देखिन्छ । पहिला आर्थिक बिषयमा बुझेका पत्रकार कम थिए । अहिले यस बिषयमा पत्रकारहरु सक्षम हुँदै गएका छन् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको