Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कर्जामा लचिलो नीति : अब २५ करोडसम्म व्यक्तिगत मार्जिन

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १३ : ०७ मा प्रकाशित

सेयर कर्जामा लचिलो नीति : अब २५ करोडसम्म व्यक्तिगत मार्जिन

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको छ। गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको हो।

नयाँ नीतिपछि अब एक व्यक्तिले अधिकतम २५ करोड रुपैयाँसम्म व्यक्तिगत मार्जिन कर्जा लिन सक्नेछन्। यसअघि सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गर्दै आएका थिए। राष्ट्र बैंकको यो निर्णयले सेयर बजारमा तरलता प्रवाह बढाउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको