नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालको जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव कांग्रेसले आफैंबाट पारित गर्नुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी संघ दोलखा काठमाडौं सम्पर्क समितिद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशले विश्वास गर्ने नेतृत्वमा आयोग बनाएर सम्पत्ति छानबिन गरिनुपर्ने धारणा राखे। 'जो–जो परे पनि छानबिनलाई स्वीकार गर्छौं भन्ने नैतिकता कांग्रेसले देखाउन सक्नुपर्छ, तभी मात्र अहिलेको पुस्ताले कांग्रेसमाथि भरोसा गर्छ,' थापाले भने।
उनले अहिलेका पुस्ताहरूको गुनासो सम्बोधन नगरीकन पार्टी र नेतृत्वप्रति विश्वास नजोडिने बताए। साथै, विश्वविद्यालयमा तालाबन्दी, कालोमोसो र तोडफोड जस्ता गतिविधि अब नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
थापाका अनुसार नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र दृष्टिकोण चाहिरहेको छ। आगामी निर्वाचनमा यही पुस्ता निर्णायक हुने भएकाले कांग्रेसले उनीहरूको भावना बुझ्दै नयाँ दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस