Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा नयाँ स्टक एक्सचेन्ज - लगानिकर्ता भन्छन्, नेप्सेलाई प्रतिस्पर्धी बनाउन आवश्यक छ

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १६ : ५२ मा प्रकाशित

नेपालमा नयाँ स्टक एक्सचेन्ज - लगानिकर्ता भन्छन्, नेप्सेलाई प्रतिस्पर्धी बनाउन आवश्यक छ

केही समय अघि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने नहुने सम्बन्ध गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो ।

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित समतिले तयार पारिएको उक्त प्रतिवेदनले बोर्डले केही दिन अगाडी सार्वजनिक गरेको हो । जसमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने बाटो खुलेको छ । तर, त्यस भन्दा पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुर्नसंरचना गर्नु पर्ने सुझाब दिइएको छ ।

प्रतिवेदनमा छिमेकी देशमा स्टक एक्सचेन्ज सम्बन्धी भएका व्यवस्था अनुसार सुझाब दिइएको बताइएको छ । तर, छिमेकी देशहरुको आर्थिक अवस्थाका विषयमा यो प्रतिवेदन लेख्दा ध्यान दियो कि दिइएन भन्ने हो । नेप्सेमा अहिले २७१ कम्पनी सूचीकृत रहेका छन् । तर छिमेकी देश भारत र चिनमा भने हजारौँको संख्यामा कम्पनी सूचीकृत भएका छन् । अब नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दियो भने पुर्नबीमा कम्पनीलाई लाइसेन्स दिए जस्तै हुने हो । ५०–५० प्रतिशत कारोबार एउटामा गर्नु पर्ने होला । यसरी गरियो भने एउटा स्टक एक्सचेन्जलाई १३५.५ वटा कम्पनी पर्छ ।

यसैत सानो बजार भएको नेपालमा दुई वटा स्टक एक्सचेन्ज आएमा प्रतिप्रस्र्धी क्षमता बढ्छ भनिएको छ । अहिले भएको कम्पनी वा संस्थालाई बलियो बनाउन तर्फ लाग्ने कि प्रतिस्पर्धी हुन्छ भनेर अर्को त्यस्तै संस्थाको स्थापना गर्ने त्यस तर्फ पनि ध्यान दिन आवश्यक छ । अहिलेको बजारको आधारमा नेपालमा एउटा मात्रै स्टक एक्सचेन्ज हुँदा हुने र त्यको पुर्नसंरचना गर्नु पर्ने आवश्यकता रहेको धितोपत्र बोर्डका कर्मचारीहरुले नै सुझाब दिएको शिवाकोटी समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ । नेप्सेले त आफू जस्तै अर्को संस्था खोल्दा त्यसमा सुन्तुष्टि मान्ने कुरै भएन् ।

प्रतिवेदनमा अन्तराष्ट्रिय अभ्यास भनिएको छ । अन्तराष्ट्रिय रुपमा हेर्दा अमेरिकामा १३ वटा स्टक एक्सचेन्ज रहेको प्रतिवेदनमा नै उल्लेख गरिएकको छ । छिमेकी देश भारत र चिनमा ३–३ वटा स्टक एक्सचेन्ज रहेका छन् । भारतको नेशनल स्टक एक्सचेन्जमा २ हजार ३७० वटा कम्पनी सूचीकृत छन् । त्यस्तै अर्को बम्बै स्टक एक्सचेन्जमा ५ हजार १९९ कम्पनी सूचीकृत छन् । अनि हाम्रो नेपालमा जम्मा २७१ कम्पनीका लागि अर्को एक्सचेन्जको आवश्यकता किन र कहाँबाट आयो ? नयाँ स्टक एक्सचेन्जका लागि लाइसन्स दिनु हुँदैन भन्नेहरुले व्यापारि घरानाको स्वार्थमा यो विषय आएको बताइरहेका छन् । त्यस्तै दिनु पर्छ भन्नेहरुले यसमा प्रतिस्पर्धा भएर सेवा गुणस्तरीय हुने बताइरहेका छन् ।

चिनको कुरा गर्दा त्यहाँ पनि ३ वटा स्टक एक्सचेन्ज रहेका छन् । जुन विश्वको सबै दोस्रो ठूलो अर्थतन्त्र भएको मूलुक हो । त्यहाँका पनि सांघाइ स्टक एक्सचेन्जमा २ हजार २६३ कम्पनी सूचीकृत रहेका छन् भने सान्जेन स्टक एक्सचेन्जमा २ हजार ८४४ कम्पनी सूचीकृत रहेका छन् ।

दक्षिण एसियमा भारत पछि दुई वटा स्टक एक्सचेन्ज हुने मूलुक बंगलादेश हो । त्यो बाहेक अन्य देशमा भने एउटा मात्रै स्टक एक्सचेन्ज रहेको अवस्था छ । अहिले नेप्सेलाई नै व्यापार कम भइरहेको अवस्थामा नयाँ स्टक एक्सचेन्ज आवश्यक नपर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुढामणि चापागाईको भनाइ छ । अन्तराष्ट्रिय रुपमा १ हजार भन्दा माथि कम्पनी सूचीकृत भएको अवस्थामा दुई वटा स्टक एक्सचेन्ज हुने अभ्यास रहेको उनको भनाइ छ ।

सुझाब प्रतिवेदनमा अन्तराष्ट्रिय अभ्यासलाइ आधार मानिएको भनिएको छ । तर प्रतिवेदनले जुन अन्तराष्ट्रिय अभ्यासको कुरा गरेको छ त्यहाँको स्टक एक्सचेन्जमा हजारौँ कम्पनीहरु सूचीकृत भएका छन् । अझ नेपालको भन्दा आर्थिक रुपमा सम्पन्न मूलुकहरुमा पनि एउटा मात्रै स्टक एक्सजेन्स रहेको अवस्था छ ।

लगानीकर्ताहरुले पनि अहिलेकै अवस्थामा नयाँ स्टक एक्सचेन्ज ल्याउने भन्दा पनि अहिलेको स्टक एक्सचेन्जलाई बलियो बनाएर नयाँलाई लाइसन्स दिनु पर्ने बताएका छन् । सेयर बजारको विकास र विस्तारका लागि प्रतिप्रर्धा आवश्यक रहेको र त्यसका लागि नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । निजी क्षेत्रको प्रवेश भएसँगै नयाँ प्रविधि पनि भित्रिने र त्यसले सेयर बजारलाई थप उचाइमा पुर्याउनमा सहयोग पुग्ने उनको भनाई छ ।

त्यस्तै नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले पनि नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको तर सरकारी सम्पतिको रुपमा रहेको अहिलेको एक्सचेन्जको पनि संरक्षण गर्नु पर्ने बताए । ‘बजार विस्तार र विकासका लागि नयाँको आवश्यकता हो । तर सरकारी संस्थाको पनि संरक्षण गर्नु पर्छ,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको