Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलमा ८ सय ८५ जना नेपालीले नाम दर्ता गराएका छन् - परराष्ट्रमन्त्री राणा

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १६ : ३१ मा प्रकाशित

इजरायलमा ८ सय ८५ जना नेपालीले नाम दर्ता गराएका छन् - परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन चाहने ८८५ नेपालीले नाम दर्ता गरिसकेको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले इजरायल–इरान युद्धका कारण स्वदेश फर्कन इच्छुक नेपालीहरूको विवरण संकलन गर्न सरकारले अनलाइन पोर्टलमार्फत प्रक्रिया सुरु गरेको बताइन्।

उनका अनुसार हालसम्म ८८५ जनाले उक्त पोर्टलमा आफ्नो विवरण भरेका छन्। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री राणाले भनिन्, '१३ जुनदेखि नै हामीले प्रेस विज्ञप्ति जारी गरेका छौं। त्यसपछि १५ जुनमा प्रेस एड्भाइजरी प्रकाशित गरेर इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ।'

मन्त्री राणाले सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासहरू र त्यहाँका राजदूतहरूसँग नियमित सम्पर्कमा रहेर नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहेको तथा अन्य देशका दूतावासहरूसँग पनि नागरिक सुरक्षा विषयमा छलफल भइरहेको बताइन्।

उनले थप भनिन्, '१७ जुनदेखि अनलाइन पोर्टलमार्फत विवरण संकलन सुरु गरेका छौं। हालसम्म ८८५ जनाले दर्ता गरिसक्नुभएको छ। अब केही दिनमै ‘श्रम संसार’ मोबाइल एपलाई ‘नागरिक एप’ सँग एकीकृत गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ।'

त्यस्तै, विदेशमा अवैध रूपमा कार्यरत नेपाली नागरिकलाई वैधानिक बनाउने उद्देश्यले सरकारले कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जानकारी पनि उनले संसदलाई दिइन्। इजरायल–गाँजा युद्धको क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी वीपिन जोशीको रिहाइका लागि पनि सरकार निरन्तर प्रयासरत रहेको मन्त्री राणाले संसदमा जानकारी गराइन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको