Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमाले गरिन् शपथ ग्रहण

अर्थ संसार

बुधबार, ११ असार २०८२, १६ : ०६ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमाले गरिन् शपथ ग्रहण

नेशनल लाइफ इन्स्योरेन्सका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले  पथ तथा गोपनियताको सपथ लिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट सपथ लिएकी हुन् । 

अध्यक्ष सिँहलाई  एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 

कम्पनीको २०८२/०३/ ०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन् । 

नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।

श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिकोतर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकोतर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको