Like us!
Follow us!
Connect us!
Watch us!

डेपुटी गभर्नर बमबहादुर मिश्र एक साताका लागि 'कामु गभर्नर' नियुक्त

अर्थ संसार

विहीबार, १२ असार २०८२, ०८ : ३८ मा प्रकाशित

डेपुटी गभर्नर बमबहादुर मिश्र एक साताका लागि 'कामु गभर्नर' नियुक्त

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई एक साताका लागि कायम मुकायम (कामु) गभर्नर को जिम्मेवारी दिइएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल औपचारिक कार्यक्रममा सहभागी हुन जेनेभा प्रस्थान गरेपछि मिश्रलाई असार ११ गतेदेखि कामु गभर्नरको जिम्मेवारी दिइएको हो।

राष्ट्र बैंक गभर्नर कार्यालयका अनुसार, गभर्नर पौडेल विदेश यात्रा अवधीभर अनुपस्थित हुने भएकाले अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार डेपुटी गभर्नर मिश्रलाई अस्थायी रुपमा गभर्नरको जिम्मेवारी सुम्पिएको हो।

उता, राष्ट्र बैंकका अर्का सिनियर डेपुटी गभर्नर डा. निलम तिमल्सिना पनि हाल बंगलादेशमा जारी सार्क फाइनान्स कार्यक्रममा सहभागी भइरहेका छन्। यसै कारण कामु गभर्नरको जिम्मेवारी मिश्रलाई दिइएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको