Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज पनि गिरावट कायमै, कारोबार रकम ७ अर्ब ७८ करोड

अर्थ संसार

विहीबार, १२ असार २०८२, १५ : २४ मा प्रकाशित

सेयर बजारमा आज पनि गिरावट कायमै, कारोबार रकम ७ अर्ब ७८ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको हो ।

बजार घटेपनि आज विकास बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको सेयरमूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको सेयरमूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।

बिहिबार ९३ कम्पनीको सेयरमूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको