Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स सदाबहादर योजना बिक्रीमा, सर्वसाधारणले ४ करोड २५ लाख इकाइमा आवेदन दिन सक्ने

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, ०७ : ४२ मा प्रकाशित

सिटिजन्स सदाबहादर योजना बिक्रीमा, सर्वसाधारणले ४ करोड २५ लाख इकाइमा आवेदन दिन सक्ने

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहादर योजनाका इकाइहरू आज असार १३ गतेदेखि बिक्रीमा आएका छन्। नेपाल धितोपत्र बोर्डले यो खुलामुखी योजनाका इकाइहरू बिक्री गर्न असार २ गते अनुमति दिएको हो।

यो योजना अन्तर्गत १० रुपैयाँ अंकित दरमा कूल ५ करोड इकाइ बिक्रीमा ल्याइएको छ। तीमध्ये ७५ लाख इकाइ वा कुल बिक्रीको कम्तीमा १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले सुरक्षित राख्नेछ। बाँकी ४ करोड २५ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको हो।

१०० देखि ५० लाख इकाइसम्म आवेदन दिन सकिने

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलका अनुसार, लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइ सम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनले तोकेको शाखा तथा सीडीएससीको ‘मेरो सेयर’ मार्फत दिन सकिनेछ।

बिक्री बन्दको मिति असार १७, आवश्यकता अनुसार असार २७ सम्म लम्बिन सक्छ

योजनाको इकाइ बिक्री बन्द हुने मिति छिटोमा असार १७ गते बैंकिङ समयपछि तोकिएको छ। तर, सो अवधिभित्र पर्याप्त आवेदन प्राप्त नभएमा बिक्री अवधि असार २७ गतेसम्म लम्ब्याइने कम्पनीले जानकारी दिएको छ।

सिटिजन्स सदाबहादर योजना म्युचुअल फन्डमार्फत सञ्चालन हुने खुलामुखी योजना हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको