Like us!
Follow us!
Connect us!
Watch us!

असार २२ देखि पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, ०७ : ४८ मा प्रकाशित

असार २२ देखि पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

यही असार २२ गते देखि पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर असार २२ गतेदेखि निष्कासन गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद सेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सु्र्खेत, धनगढी शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय सहित मेरो सेयर अनलाइन मार्फत् पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको