पूर्वराजा ज्ञानेन्द्र शाहले आउँदो असार २३ गते आफ्नो ७९ औं जन्मदिनको अवसरमा सबैसँग सार्वजनिक रुपमा भेटवार्ता गर्ने भएका छन्।
पूर्वराजाको सचिवालयका अनुसार जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष समारोह आयोजना गरिनेछ। पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
समारोहमा सर्वसाधारणको सहभागिता खुला रहने र सो अवसरमा उपस्थित सबैसँग पूर्वराजा शाहले शुभकामना आदानप्रदान तथा अभिवादन स्वीकार गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस