Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको स्पेन यात्रा फजुल खर्चबाहेक केही होइन - प्रभु साह

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, ११ : ५९ मा प्रकाशित

प्रधानमन्त्रीको स्पेन यात्रा फजुल खर्चबाहेक केही होइन - प्रभु साह

पूर्वमन्त्री साहले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई अर्थहीन र फजुल खर्चको संज्ञा दिएका छन्।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओली युद्धग्रस्त मुलुकबाट नेपालीहरूलाई फर्काउन नसक्ने सरकारका मुखिया भएर पनि लावालस्करसहित विदेश भ्रमणमा निस्किनु अनावश्यक रहेको टिप्पणी गरे।

उनले भने, ‘प्रधानमन्त्रीको स्पेन यात्रा फजुल खर्चबाहेक केही होइन। गत वर्ष पनि बाढीपहिरोको समय उहाँ विदेश सयरमै हुनुहुन्थ्यो, अहिले फेरि त्यही दोहोरिँदैछ।’

प्रधानमन्त्री केपी शर्मा ओली आगामी १६ असारदेखि चार दिनका लागि स्पेन भ्रमणमा प्रस्थान गर्दैछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको