Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदी व्यवसायी पुनः आन्दोलनमा

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, १२ : ५६ मा प्रकाशित

सुनचाँदी व्यवसायी पुनः आन्दोलनमा

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः आन्दोलनमा उत्रिएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू फेरि सडकमा आएका हुन्।

यसअघि ५ असारदेखि आन्दोलन स्थगन गरेका व्यवसायीहरूले सरकारबाट बजेट संशोधनको क्रममा माग सम्बोधन गर्ने आश्वासन पाएपछि केही समय पर्खिएका थिए। तर, माग पूरा नभएपछि उनीहरू पुनः आन्दोलनमा फर्किएका छन्।

व्यवसायीहरूले सुनका सबै किसिमका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य रत्नमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग गर्दै व्यवसाय बन्द गरेर विरोध जनाएका थिए।

उनीहरूले असार मसान्तभित्र माग पूरा नभए सशक्त आन्दोलनको चेतावनी पनि दिएका छन्।

अघिल्लो प्रणालीमा १० लाख रुपैयाँभन्दा बढी मूल्यका गहनामा मात्र विलासिता कर लाग्थ्यो। तर, हालको बजेटले जुनसुकै मूल्यका सुन र गहनामा पनि यो कर लागू गरेको छ। अब बैंक वा थोक व्यवसायीहरूले ढिक्का सुन बिक्री गर्दा पनि २ प्रतिशत विलासिता कर तिर्नुपर्ने भएको छ। व्यवसायीहरूको भनाइमा, जुनसुकै मूल्यका गहना किन्दा ग्राहकले कम्तीमा ६ प्रतिशतसम्म अतिरिक्त कर तिर्नुपर्ने अवस्था आएको छ, जसले बजारमा नकारात्मक असर पारेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको