Like us!
Follow us!
Connect us!
Watch us!

थाईल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १४ : ४७ मा प्रकाशित

थाईल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रा निलम्बित भइएकी छिन् । उनलाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको हो । 

उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संविधान अदालतले छानबिन सुरु गरेको छ । ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ ।

३६ जना सांसदहरूले दिएको निवेदनपछि संविधान अदालतले उनलाई निलम्बन गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । अब अदालतको अन्तिम फैसला नभएसम्म उनी प्रधानमन्त्रीको हैसियतमा काम गर्न नपाउने भएकी हुन् । 

फोनकलमा उनले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै आफ्नै सेनाको आलोचना गरेकी थिइन् । यसले थाइल्यान्डमा राष्ट्रहित विपरीत व्यवहार गरेको भन्दै चर्को आलोचना भएको छ । यस घटनापछि सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले सत्तारूढ गठबन्धन छाडेको छ । जसले उनको फेउ थाइ पार्टीको बहुमतमा संकट ल्याएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको