Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे २ कम्पनीकाे काराेबार राेक्का

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १२ : ३० मा प्रकाशित

नेप्सेले गर्याे २ कम्पनीकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीकाे काराेबार राेक्का भएकाे छ । नेप्सेमा अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड र यूनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार राेक्का भएकाे हाे ।

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्योरेन्सबीच एक आपसमा गाभ्ने गाभिने (Merger) कार्य सम्पन्न भई यही जेठ १४ गतेदेखि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुँदैछ ।।

त्यसैले, धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार जेठ १४ गते देखि लागू हुने गरी रोक्का राखिएको नेप्सेले जनाएकाे छ ।

नेप्सेकाे सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको