प्रहरीले बैंकिङ कसुरमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौंका र खोटाङका एक एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सविनलाई काठमाडौं १६ वनस्थलीबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । साथै, सोही मुद्दामा फरार रहेका दिनेशलाई काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउमध्ये सविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने दिनेशलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस