Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोले असार २७ गते बुक क्लोज गर्ने

अर्थ संसार

बुधबार, १८ असार २०८२, ०८ : २७ मा प्रकाशित

खानी खोला हाइड्रोले असार २७ गते बुक क्लोज गर्ने

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले निकट भविष्यमा निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि यही असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

बुक क्लोजको आधारमा असार २६ गते बिहीबारसम्म सेयर खरीद गरेका सेयरधनीहरूले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले आफ्नो चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसअनुसार कम्पनीले अब छिट्टै ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १ः१ को अनुपात अर्थात् १ कित्ता साधारण सेयर हुनेले १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउने गरी निष्कासन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको