यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३१ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर खरीद गरेका सेयरधनीले मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड) बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार) बराबरको नगद लाभांश (कर समेत) सेयरधनलिाई वितरणको प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले यही असार ३० गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभन्ट प्रा.लि मा बिहान साढे १० बजेदेखि साधारणसभा बस्दैछ । सभाले नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । अब बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस