Like us!
Follow us!
Connect us!
Watch us!

बजार पुँजीकरणका आधारमा कम्पनीको वर्गीकरण गर्दै नेप्से

अर्थ संसार

बुधबार, १८ असार २०८२, ११ : १५ मा प्रकाशित

बजार पुँजीकरणका आधारमा कम्पनीको वर्गीकरण गर्दै नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरुलाई बजार पुँजीकरणका आधारमा वर्गिकरण गरिने भएको छ । नेप्सेले सूचीकृत भएका कम्पनीहरुलाई पुँजीकरणका आधारमा तीन वर्गमा वर्गिकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।  

अहिले सूचीकृत रहेका कम्पनीहरुलाई हाई, मिडल र स्मल गरी तीन वर्गमा वर्गिकरण गर्ने तयारी भइरहेको नेप्सेले जनाएको छ । नेप्सेले ‘नेप्से अन्तर्गत सञ्चालन हुने सूचकांकहरूको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०८०’ अनुरूप यो प्रक्रिया अघि बढाएको जनाएको छ ।

कार्यविधिमा पुँजी बजारलाई चलायमान बनाउन बजार पुँजीकरणका आधारमा कम्पनीहरूको वर्गीकरणसहित विभिन्न औजार प्रयोग गर्न सकिने प्रावधान रहेको छ । अन्तराष्ट्रिय मान्यताका आधारमा कम्पनीहरुको वर्गिकरण गर्न थालिएको नेप्सेले जनाएको छ । लगानीकर्ताहरुलाई कम्पनीको स्तर बुझ्न सजिलो होस् भनेर यस्तो गर्न लागिएको नेप्सको प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । 

हाल नेप्सेमा ४ वटा प्रमुख इन्डेक्स र १३ वटा सब इन्डेक्स सञ्चालनमा रहेका छन् । नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमध्ये ३३/३३ प्रतिशतका आधारमा तीन वर्गमा विभाजन गरिने छ । धेरै पुँजीकरण भएका ३३ प्रतिशत कम्पनीहरु उच्च श्रेणीमा, त्यसपछिका ३३ प्रतिशत कम्पनी मध्येम वर्गमा र बाँकी ३३ प्रतिशत कम्पनी न्यून वर्गमा पर्ने गरि वर्गिकरण हुने बताइएको छ ।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको