खानी खोला हाइड्रो पावरले कहप्रद सेयर जारी गर्नका लागि बुक क्लोज मिति घोषणा गरेसँगै कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कम्पनीले असार २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेपछिको पहिलो कारोबार दिन आज (बुधबार) सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ३९ रुपैयाँ ३० पैसाले बढेर ४३२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । एक हप्तामा ११.१७ प्रतिशतले मूल्य बढेको यो कम्पनीमा आज एकै दिन १० प्रतिशतले मूल्यमा वृद्धि भएको छ ।
हकप्रद सेयरको आशमा रहेका लगानीकर्ताहरुको यो कम्पनीमा आकर्षण देखिएको छ । पहिलो एक घण्टाको अवधिमा यो कम्पनीका १ लाख ६८ हजार ७५२ कित्ता सेयर खरिद बिक्री भएका छन् । यो कम्पनीको मात्रै ७ करोड ३० लाख ८५ हजार ९९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि १४ दशमलव ९४ अंकले बढेर २६७५ दशमलव ३३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ४५ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस