Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर बढ्दै सुनको मूल्य,आज कति पुग्यो ?

अर्थ संसार

विहीबार, १९ असार २०८२, १३ : ३२ मा प्रकाशित

निरन्तर बढ्दै सुनको मूल्य,आज कति पुग्यो ?

नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला १ लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर अहिले प्रतितोला २ हजार १७० रुपैयाँ पुगेको छ।

सुनचाँदी व्यवसायीहरू हाल सरकारी नीतिको विरोधमा आन्दोलनरत छन्। उनीहरूले सुनमा लाग्ने २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा-पत्थरमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, सुनको भन्सार दर ६ प्रतिशतमै स्थिर राखिनुपर्ने र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति तथा कार्यविधि तय गरिनुपर्ने माग राखिरहेका छन्। यी माग पूरा नभएसम्मको लागि धेरैजसो सुन पसल बन्द रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको