Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुलाई विदेशमा शाखा खोल्न दिनु पर्छ : विनोद चौधरी

अर्थ संसार

विहीबार, १९ असार २०८२, १४ : १५ मा प्रकाशित

बैंकहरुलाई विदेशमा शाखा खोल्न दिनु पर्छ : विनोद चौधरी

नेपाली काँग्रेसका सांसद तथा नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् ।  बिहीवार बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा भएको दफाबार छलफलका क्रममा उनले यस्तो बताएका हुन् । 

उनले बाफियालाई पुनःलेखन गरेर विदेशमा शाखा खोल्न पाउने सम्बन्धि व्यवस्था राखिनुपर्ने उनको भनाइ छ । उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ । ‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ । अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको