लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले पाँच वर्ष पुरानो नगद लाभांश र आईपीओ बाँडफाँडको रकम फिर्ता लिन आग्रह गरेको छ । कम्पनीले सूचना जारी गरेर ३५५.५३ प्रतिशत नगदा लाभांश लिन आग्रह गरेको हो ।
कम्पनीको २०७६ साल साउन २४ गतेको १७ औं वार्षिक साधारणसभाले सेयरधनीलाई ३५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । उक्त लाभांश पारित भएको पाँच वर्ष बितिसक्दा समेत केही सेयरधनीले लाभांश लिन नआएकाले यथाशीघ्र लिन आग्रह गरेको छ ।
साथै कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँड गर्दाको बखत आंशिक रूपमा सेयर परेको वा सेयर नपरेको रकम समेत केही सेयरधनीले फिर्ता लिन बाँकी रहेको भन्दै सो पनि फिर्ता लिन आउन आग्रह गरेको छ । त्यतिबेला आईपीओमा अनलाईबाट आवेदन दिने प्रचलन थिएन । तत्कालीन समयमा बैंकमा रकम जम्मा गर्नुपर्ने भएकाले त्यतिबेला लगानीकर्ताले आईपीओका लागि बैंकमा जम्मा गरेकोमा आईपीओ नपरेकालाई रकम फिर्ता लिन बोलाएको हो ।
यसरी लाभांश वा आईपीओको रकम फिर्ता लिन बाँकी सेयरधनीलाई अबको १ महीनाभित्र आवश्यक कागजात सहित कम्पनीमा सम्पर्क गरी फिर्ता लिन आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस