उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा अर्थमन्त्री पौडेलले पूर्वाधार विकास र पर्यटन क्षेत्रमा नेपालमा उल्लेख्य सम्भावना रहेको बताए। उनले लगानीकर्तालाई नेपालमा निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण रहेको भन्दै ढुक्क भएर अघि बढ्न आग्रह गरे।
'नेपालमा लगानीमैत्री नीतिहरू छन्। सम्भावनायुक्त क्षेत्र पहिचान गरेर राम्रो तयारीसहित अघि बढ्नुस्। सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,' अर्थमन्त्री पौडेलले भने।
प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्ने विषयमा चासो देखाएका थिए। उक्त प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एम.के. संग्राहलगायत सहभागी थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस