Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद जारी गर्ने भएसँगै खानीखोला हाइड्रोको सेयर मूल्य उच्च वृद्धि, हप्ता दिनमै १५ प्रतिशतले बढ्यो

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १४ : १६ मा प्रकाशित

हकप्रद जारी गर्ने भएसँगै खानीखोला हाइड्रोको सेयर मूल्य उच्च वृद्धि, हप्ता दिनमै १५ प्रतिशतले बढ्यो

नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएसँगै खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । हकप्रद सेयर जारी गर्ने अनुमति पाएर बुक क्लोज मिति समेत घोषणा गरिसकेको यो कम्पनीको सेयर बुधबार सकारात्मक सर्किट लागेको थियो भने बिहीबार पनि ७ प्रतिशतले वृद्धि भएको हो । 

पछिल्लो एक हप्ताको अवधिमा यो कम्पनीको सेयर मूल्य १५.२७ प्रतिशतले बढेको छ । असार १२ गतेको अन्तिम कारोबार समयमा ३९२ रुपैयाँ २९ पैसा रहेको यो कम्पनीको सेयर मूल्य असार १९ गतेको अन्तिम कारोबारमा ७० रुपैयाँ ७१ पैसाले बढेर ४६४ रुपैयाँ पुगेको छ । कम्पनीको हकप्रद सेयरमा १ः१ को अनुपादमा आवेदन दिन पाइने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको