नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४० अकंले बढेर २७०६.३६ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड माथिको कारोबार भएको हो ।
यसदिन फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूहको सेयर २.१६ प्रतिशतले बढेको हो । साथै, अन्य समूह अन्तर्गतको ३.०९ प्रतिशतले सेयरमूल्य बढेको हो ।
यता, सर्वाधिक घट्नेमा आज विकास बैंक रहेको छ । बैंकको मूल्य १.४९ प्रतिशतले बढेको हो । ८७ कम्पनीको सेयरमूल्य आज बढेको छ भने १६२ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३७ करोड ८१ लाख रुपैयाँ संस्थापक सेयर किनबेच भएको छ । हिमालयन रिइनस्योरेन्सको ३४ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ७.३६ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ५.७० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८७ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस