Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, २३ असार २०८२, ११ : ३४ मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ४ हजार ६६९.९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल बैंकका विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बैंकले सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य १११ रुपैयाँ तोकिएको छ । उक्त सेयर र किन्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित नारायणहिटीस्थित सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट सा सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण रूपमा सेयर बिक्री नभएमा बाँकी बसेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको